ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले स्थानीय सरकार संचालन सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले स्वीस राजदुतावाससँगको सहकार्यमा अभिमुखिकरण आयोजना गरेको हो । कार्यक्रमको आर्थिक व्यवस्थापन स्वीस दुतावासले गरेको हो । कार्यक्रममा नगरपालिका र वडा कार्यालयको काम कर्तव्य, अधिकारको बारेमा जानकारी गराइएको थियो ।
स्थानिय विकास मन्त्रालयका पूर्व सचिव गंगादत्त अवस्थी र पूर्व सह सचिव पुर्णचन्द्र भट्टराईले स्थानीय सरकारले बनाउने ऐन, नियमावली निर्देशिका र सभा तथा कार्यपालिकाका अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । बुधबार र विहीबार दुई दिन सम्म सञ्चालन गरिएको गरिएको अभिमुखीकरणमा योजना तर्जुमा प्रक्रिया, संघीय संरचनाको कार्य पद्धति र न्यायिक समितिको काम कर्तव्यको अधिकारको बारेमा पनि जानकारी गराईएको थियो । कार्यक्रममा सिद्धिचरण नगर कार्यपालिकाका सदस्यहरु, वडा कार्यालयका सचिव, विषयगत शाखाका प्रमुखहरु सहभागी थिए ।
२९ चैत्र २०७४, बिहिबार
161
Shares







