२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

जनप्रतिनिधी र कर्मचारीलाई कम्प्युटर अफिस प्याकेज तालिम


२९ चैत्र २०७४, बिहिबार  

140
Shares

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले नगरपालिकाका वडा अध्यक्ष र कर्मचारीहरुलाई कम्प्युटर अफिस प्याकेज तालिम दिएको छ । तालिममा १२ वडा वडा अध्यक्ष, विषयगत शाखा प्रमुख, वडा सचिवसहित २७ जना सहभागि थिए । तालिममा कम्प्युटर माइक्रोसप्ट वर्ड, एक्सल, पावर प्वाइन्ट र इमेल इन्टरनेटका विषयमा प्रक्षिक्षण गराइएको नगरपालिकाका आइटि अफिसर अन्जना खतिवडाले जानकारी दिनुभयो । मन्त्रालयबाट आउने हरेक सुचनाहरु सबै तहमा अपडेट गराउने र नगरपालिकाका काम पेपर लेस गर्ने उद्देश्यले यो तालिम दिइएको हो । प्रशिक्षणले कार्यसम्पादन चुस्त हुने र छिटो छरितो ढंगबाट सेवा प्रवाह गर्न टेवा पुग्ने नगरपालिकाका कम्युटर अपरेटर पदम परियारले बताउनुुभयो ।
तालिम समापन कार्यक्रममा बोल्दै नगरपलिकाका मेयर मोहनकुमार श्रेष्ठले सबै जनप्रतिनीधिहरुले कम्प्युटरको ज्ञान हुन अनिवार्य रहेको र यस्ता प्रशिक्षणले कम्प्युटरको माध्यमबाट कार्य सम्पदनमा सहजता हुने धारणा राख्नुभयो । उहाँले प्रविधीको उपयोग गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । तालिम चैत २१ देखि २७ गते सम्म सञ्चालन भएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार  १२ : ४४ बजे