१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

किरात राई पत्रकार संघको चौथो अधिवेशन सम्पन, अध्यक्षमा भीम निर्वाचित


३० बैशाख २०७५, आइतबार  

28
Shares

काठमाण्डौ, किरात राई पत्रकार संघको अध्यक्षमा खोटाङका भीम राई निर्वाचित भएकोएको छ । सर्वसहमतिको प्रयास असफलपछि भएको निर्वाचनमा अध्यक्षमा अर्का प्रतिस्पर्धी प्रकाश राईलाई भारी मतले हराउँदै भीम राई अध्यक्षमा निर्वाचित भएको हो ।

विजयी भीमको पक्षमा ५४ र निकटतम प्रतिस्पर्धी प्रकाशले पाँच मत मात्र प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ । निर्वाचन मण्डलका संयोजक राजेश चाम्लिङका अनुसार अन्य पदाधिकारी र सदस्य सर्वसहमत चयन भएका छन् ।
भक्तपुरको बोडेमा आज बिहान सम्पन्न चौथो राष्ट्रिय अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा गणेश साम्पाङ, खुला उपाध्यक्ष अवतार राई र महिला उपाध्यक्षमा रीता राराहाङ राई चयन भएको छ ।

समितिको महासचिवमा भक्त राई, सचिवमा विशाल राई, महिला सचिवमा सरिता राई, कोषाध्यक्षमा गंगा राई र सहकोषाध्यक्षमा सन्तोष राई चयन भएको छ । २१ सदस्यीय समितिको सदस्यमा रामधन राई, शान्तिराज राई, राजन राई, नुनुता राई, एसपी जेरो, मीना राई, सुमन खालिङ, कृष्णजीत राई, राजकुमार राई, प्रवीण राई, अमृत थुलुङ, लीला राई र सरिता राई चयन हुनुभएको छ । निर्वाचित संघको पहिलो बैठकले दुई सदस्य थपेर २३ सदस्यीय समिति बनाउने विधानमा उल्लेख छ ।

Sagarmatha

प्रकाशित मिति : ३० बैशाख २०७५, आइतबार  ६ : ०१ बजे