२४ असार २०८२, बुधबार | Wed Jul 9 2025

सप्तकोसीमा डुङ्गा दुर्घटना, उद्धार जारी



इनरुवा, १ असोज । सुनसरीको प्रकाशपुर–५ राजावासस्थित सप्तकोसी नदीमा आज दिउँसो डुङ्गा पल्टिएको छ ।

डुङ्गा पल्टिदा १५ जना बेपत्ता भएको आशंका गरिएको छ भने २२ जनाको उद्धार गरिएको र अझै पनि उद्धार कार्य जारी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

सुनसरीको श्रीङ्लका टापुबाट प्रकाशपुर–५ राजावासा आउँदै गरेको डुङ्गा पल्टिएको हो । दुर्घटना विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७३, शनिबार  १० : ०० बजे