ओखलढुंगा । ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ को बजेट २६ करोड २१ लाख २१ हजार प्रस्तुत गरेको छ । दोस्रो गाउँसभाबाट पारित बजेटमध्ये चालुतर्फ ५ करोड ८ लाख ७० हजार र पूर्जिगत तर्फ ७ करोड ४३ लाख २१ हजार विनियोजन भएको छ । नेपाल सरकारबाट प्राप्त १३ करोड ७६ लाख शसर्त बजेट गाउँसभाबाट पारित गरिएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए । वडा संचालनका लागि ८ लाख ६५ हजारका दरले आड ओडालाई बजेट दिइएको छ ।
प्रदेश सरकारले दिएको सिंचाइका ठूला आयोजनाको बजेट समेतलाई आधार मान्दा मुख्य प्रथामिकता कृषि क्षेत्रलाई दिइएको छ। त्यस्तै पूर्वाधार तथा ग्रामीण विद्युतीकरण, स्वास्थ्य र शिक्षालाई बजेटमा प्रथामिकता दिइएको छ ।
जनता स्वास्थ्य कार्यक्रम अन्र्तगत उपचारमा सहयोग, प्रत्येक वडामा प्रसुती गृह निर्माण तथा संचलान गनेृ गाउँपालिकाले प्रथामिकतामा राखेको छ ।
सार्वजनिक सुनुवाइ, सामाजिक परिक्षणबाट पारदर्शीता र जवाफदेहिताको अभ्यास गर्ने, संचार क्षेत्रको क्षमता विकास तथा गाउँपालिका केन्द्रमा सञ्चारको पहुँच विस्तार गर्ने योजना प्रथामिकतामा छन् । गाउँसभाको बैठकलाई प्रदेश सभाका सांसद अम्बिरबाबु गु?ङ र संघीय प्रतिनिधी सभाका सांसद यज्ञरज सुनुवारले सम्बोधन गरेका थिए । सम्बोधनमा सांसद सुनुवारले चिसंखुगढी गाउँपालिकाभित्र आगामी वर्ष ग्रामीण विद्युतीकरणको काम पुरा गर्ने गरी बजेट ल्याउन प्रयास गर्ने बताए ।
गाउँ सभामा अध्यक्ष शर्माले नीति तथा कार्यक्रम र उपाध्यक्ष सुस्मिका राइले बजेट प्रस्तुत गरेका थिए । नीति कार्यक्रम र बजेटमाथि गाउँ सभामा सराेकारवालाहरुले विभिन्न सुझाव दिएका छन् । अाएका सुझावलाइ पालिकाले सराेकारवालाकाे सुझाबलाइ ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता उषक कट्वालले जनाए ।







