५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

धानबालीमा मृत फेला



भीमदत्तनगर, १ असोज । कञ्चनपुरको रैकवारविचुवा गाविस–९ पिपरैयामा आज एक युवक धानबालीमा मृत अवस्थामा फेला परेका छन् ।

कैलाली घर भई विगत पाँच वर्षदेखि पिपरैयाकास्थित आफन्त टीकाराम रानाको घरमा बस्दै आएका ४० वर्षीय विष्णु राना धानबालीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयवासीले धानबालीमा रानाको शव देखेपछि इप्रका, त्रिभुवन बस्तीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले शव परीक्षणपछि आफन्तको जिम्मा लगाएको छ । रासस

प्रकाशित मिति : १ आश्विन २०७३, शनिबार  ४ : १७ बजे