बाहिङ किरात मुलुखिम हङकङको अध्यक्षमा लेखराज

  बुद्धवीर बाहिङ
1.1k Shares

हङकङ । बाहिङ किरात मुलुखिम हङकङको अध्यक्षमा लेखराज बाहिङ राई निर्वाचित भएका छन् । आइतबार भएको पहिलो ऐतिहासिक भेलाले राईलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

किरात राई यायोक्खा हङकङको सामूहिक चुलाघर सुप्तुलुङ खिममा भएको भेलाले राईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । भेलाले अर्को अधिवेशन नहुञ्जेलको लागि वैधानिक कार्यसमिति चयन गरेको बताइएको छ ।

भेला बाहिङ समुदायका लागि मात्र भएकाले अन्य किराती समुदायलाई नबोलाएको पनि भेला आयोजकले बताएको छ । हङकङमा बसोबास गरिरहेका बाहिङ समुदायको आधिकारिक सँस्थाको रुपमा मुलुखिमले काम गर्ने बताइएको छ । यसअघि गठन गरिएको तदर्थ समितिको संयोजकमा किसन बाहिङ राई थिए ।

बाहिङ किरात मुलुखिम हङकङको भेलामा उपस्थित बाहिङहरु ।
किरात राई यायोक्खा हङकङको सामूहिक चुलाघर सुप्तुलुङ खिमको चुलो ।
बाहिङ किरात मुलुखिम हङकङको भेलामा उपस्थित बाहिङहरु ।
बाहिङ किरात मुलुखिम हङकङको भेलामा उपस्थित बाहिङहरु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार