तीन सवारीसधान ठोक्किँदा एकको मृत्यु

Facebook Debugger

चितवन, २ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर–१२ टिकौली जङ्गलमा आज दिउँसो ट्रक, एम्बुलेन्स र बोलेरो जिप एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वबाट नारायणगढतर्पm आउँदै गरेको ना ६ ख ४५७२ नं को ट्रक र विपरित दिशाबाट गइरहेको ग २ च १२७१ नं को एम्बुलेन्स र सोही दिशाबाट गइरहेको बा ११ च ८०७२ नं को बोलेरो जिप एक आपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा परी घाइते भएका रत्ननगर नगरपालिका–१ का ३० वर्षीय मनोज चौधरीको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा परी खैरहनी नगरपालिका–१ का ४२ वर्षीय केवल महतो, देवघाट गाविस–३ तनहुँका एम्बुलेन्स चालक उत्तरकुमार भुजेल, चितवनका अन्दाजी ४२ वर्षीय नथुराम दराई र जुटपानी गाविस–४ का ३५ वर्षीय खेमबहादुर गुरुङ घाइते भएका छन् ।

महतो र भुजेलको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, भरतपुर तथा दराई र गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार