६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

संविधान दिवसमा एमालेको जनसभा



काठमाडौँ, २ असोज । नेकपा (एमाले) ले पहिलो संविधान दिवसका अवसरमा सोमबार वसन्तपुरमा जनसभा आयोजना गर्ने भएको छ ।

संविधानको रक्षा र कार्यान्वयनमा दबाब दिन सोमबार अपराह्न २ बजे वसन्तपुरमा जनसभाको आयोजना गरिएको एमालेका सचिव तथा प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । सभाअघि अपराह्न १ बजे रत्नपार्कस्थित शान्तिबाटिकाबाट ¥याली निकालिने एमालेले जनाएको छ ।
सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रासस

प्रकाशित मिति : २ आश्विन २०७३, आइतबार  ५ : ४१ बजे