२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

टीकापुर घटनामा संलग्नलाई कारबाही हुनुपर्छः नेता रावल


२ आश्विन २०७३, आइतबार  

0
Shares

कैलाली, २ असोज । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले टीकापुर घटना आततायी, हिंस्रक र आपराधिक भएको बताउनुभएको छ ।

एमाले प्रदेश नं ७ स्तरीय बैठकका निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी भएको आपराधिक घटनाको दोषीलाई छाड्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले घटनामा संलग्नलाई राजनीतिक मुद्दा भनेर छाड्यो भने दण्डहीनताले प्रश्रय पाउछ ।”

पूर्व उपप्रधानमन्त्री रावलले अघिल्लो सरकारले बजेटमा सार्वजनिक गरेका विकास निर्माणका काममा वर्तमान सरकारले बजेट विनियोजन गर्नुपर्नेमा पनि जोड दिनुभयो । रासस

Sagarmatha

प्रकाशित मिति : २ आश्विन २०७३, आइतबार  ५ : ४२ बजे