७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सगरमाथा आरोही ३ शेर्पा महिला अभिनन्दित



काठमाडौँ । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले ३ जना सगरमाथा आरोही महिलालाई अभिनन्दन गरेको छ ।
प्रतिष्ठानले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ती आरोही महिलालाई अभिनन्दन गरेका हुन् । पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २५ औँ वर्षगाँठको अवसर पारेर खुम्बुपासाङल्हामु गाउँपालिका निवासी लाक्पा याङ्दी शेर्पा, पासाङ ल्हामु शेर्पा र याङ्दी शेर्पाले गत जेठ २ गते पासाङ ल्हामु र जननेता मदन भण्डारीको तस्वीरसहित सगरमाथाको सफल आरोहण गरेका थिए ।

सिंहदरबारमा बुधबार आयोजित सम्मान कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग सम्मानित पर्वतारोही लाक्पा याङ्जी शेर्पा, पासाङ ल्हामु शेर्पा र याङ्दी शेर्पालगायत ।

सो अवसरमा मन्त्री बाँस्कोटाले राष्ट्रिय विभूति पासाङल्हामु र जननेता मदन भण्डारीको तस्वीर लिएर सगरमाथाको सफल आरोहण गरेकामा बधाई दिँदै आरोही टोलीलाई सरकारको तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाए ।
बास्कोटाले भने, “नेपालको इतिहासमा नेपाली समस्त नारीहरुको तर्फबाट साहसिक यात्रा गर्नुहुने र यात्राकै शिलशिलामा आफ्नो जीवन समाप्त पार्नुहुने पासाङल्हामु शेर्पा र नेपालको लोकतान्त्रिक, राष्ट्रवादी र सामाजिक न्यायपूर्ण आन्दोलनको धरोहरका रुपमा रहनुभएका जननेता मदन भण्डारीको भूमिका, योगदान र पथप्रदर्शनलाई समेत स्मरण गर्ने, जीवन्त राख्ने र भावी पुस्ताले पनि त्यस वीरतापूर्ण इतिहासबाट केही सिकोस् भन्ने सन्देश दिन विश्वको सबैभन्दा अग्लो ठाउँबाट दिनुभएको सन्देश आफँैमा अर्थपूर्ण र महत्वपूर्ण छ ।”
बेग्लै मानक स्थापित गर्ने उद्देश्यले पासाङल्हामु र जननेता भण्डारीलाई सम्झेर उनीहरुको तस्वीरसहित सगरमाथा आरोहण गर्नु बेग्लै चेतना र सन्देश भएको उनको भनाइ थियो ।

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले सिंहदरबारमा बुधबार आयोजना गरेको पर्वतारोही बधाई तथा अभिनन्दन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालगायत ।

प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री कृपाशूर शेर्पाले संविधानले कुनै पनि नेपाली नागरिकलाई जुनसुकै स्थानमा आवातजावतमा रोक नलगाइने व्यवस्था गरेको भए पनि सगरमाथा आरोहणमा नेपालीलाई सलामी लगाइनु संविधानको मर्म विपरीत भएको विचार व्यक्त गरे ।

Sagarmatha
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा सिंहदरबारमा बुधबार पर्वतारोही लाक्पा याङ्जी शेर्पालाई सम्मान गर्दै ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा सिंहदरबारमा बुधबार पर्वतारोही पासाङ ल्हामु शेर्पालाई सम्मान गर्दै ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा सिंहदरबारमा बुधबार पर्वतारोही याङ्दी शेर्पालाई सम्मान गर्दै ।

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार  ९ : १३ बजे