काठमाडौँ, ३ असोज । सभामुख ओनसरी घर्ती जनवादी गणतन्त्र चीनको गाम्सु प्रान्तमा हुने ‘सिल्क रोड इन्टरनेसनल कल्चर एक्स्पो’मा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
यही असोज ४ र ५ गते हुने सो एक्स्पोमा भाग लिन सभामुख घर्तीको नेतृत्वमा आठ सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ गएको हो ।
सो एक्स्पो पछि उहाँले यही असोज ६ र ७ गते चीनको युनान प्रान्तको समेत भ्रमण गर्ने कार्यतालिका रहेको व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
सभामुख घर्तीका साथ नेकपा (माओवादी केन्द्र)का नेता एवम् उहाँका पति वर्षमान पुन, सचिवालयका महासचिव मनोहर भट्टराईलगायत रहनुभएको छ । उहाँ असोज ८ गते स्वदेश फर्कनुहुनेछ । रासस








