काठमाडौं । बागमती प्रदेशमामा नेपाली कांग्रेसको संसदीय दलको नेता परिवर्तन गर्ने प्रयास गरिएको छ ।
संसदीय दलका नेता रहेका बहादुर सिंह लामालाई हटाउनका लागि दबाब दिने उद्देश्यले चारमन्त्रीले शुक्रबार राजीनामा दिएका छन् ।
सो राजीनामा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

संसदीय दलको नेताबाट हटाएर उनलाई मुख्यमन्त्रीबाट समेत पदमुक्त गर्ने गरी पहल समेत सुरु भएको छ ।







