काठमाडौं । अमेरिकाले क्युबाविरुद्ध थप आर्थिक प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबा सरकारको स्वामित्वमा रहेका नौवटा खानी, धातु तथा निर्माणसम्बन्धी कम्पनी, निर्माण मन्त्रालय तथा क्युबाली अधिकारीहरूलाई प्रतिबन्धको सूचीमा राखेका हुन्।
अमेरिकाले क्युबाली शासनले दमनलाई वित्तीय सहयोग गरेको र अमेरिका विरोधी गतिविधि जारी राखेको आरोप लगाएको छ। साथै, क्युबाली इन्स्टिच्युट अफ फ्रेन्डसिप विथ द पिपल्स (आईक्याप) का नेतृत्वमाथि पनि प्रतिबन्ध लगाइएको छ।
आईक्यापका अध्यक्ष फर्नान्डो गोन्जालेज योर्त पनि प्रतिबन्धमा परेका छन्। उनी ‘क्युबाली फाइभ’ नामले चिनिने जासुसी समूहका सदस्य थिए र अमेरिका–क्युबा सम्बन्ध सुधारका क्रममा कैदी आदानप्रदानबाट रिहा भएका थिए।








