२२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026

विगतका ३५ वर्ष देखाएर कचकच गर्ने ठाउँमा अब हामी छैनौं : रवि लामिछाने


सगरमाथा अनलाईन

७ भाद्र २०८३, आइतबार  

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगत ३५ वर्षको कुरा गरेर अरू दललाई दोष लगाउनेभन्दा अबको ३५ वर्षको योजना बनाउन पार्टी नेताहरूलाई आग्रह गरेका छन्।

नीति, संगठन तथा नेतृत्व कार्यशालामा बोल्दै उनले विगतमा जे भयो त्यसका लागि धन्यवाद दिँदै अब देशको भविष्य निर्माण गर्ने जिम्मेवारी आफ्नै हातमा रहेको बताए। उनले राम्रो काम गर्न नसके पनि कम्तीमा गलत काम नगर्न नेताहरूलाई आग्रह गरे।

लामिछानेले विगतमा अरूलाई दोष दिएर आफूलाई राम्रो देखाउने अवस्था रहे पनि अब कसलाई दोष दिने भन्ने प्रश्न गर्दै जिम्मेवारीबाट पन्छिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।

Sagarmatha

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ७ : २९ बजे