ललितपुर, ४ असोज । ललितपुर उपमहानगरपालिका–२ सानेपास्थित रेडियन्ट स्कुल अगाडि राखिएको बमको हल्लाले सोमबार बिहान स्थानीयवासीमा त्रास छाएको छ ।
सो स्थानमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्दा नक्कली भएको पाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्ष्क ईश्वर कार्कीले बताए । बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिस्ट फोर्स नेपाल लेखिएको पर्चा फेला परेको प्रहरीले जनाएको छ । रासस







