२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

प्रभातफेरी सम्पन्न



काठमाडौँ, ५ असोज । शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आज प्रभातफेरी गरियो ।

रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु भएको प्रभातफेरी बागबजार, पुतलीसडक, रामशाह पथ भएर प्रदर्शनीमार्गमा पुगी सम्पन्न भएको थियो ।

शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले प्रभातफेरीको शुभारम्भ गर्दै मुलुकमा लामो समयसम्म चलेको द्वन्द्व व्यवस्थापनका लागि मन्त्रालय सक्रिय रहेको बताउनुभयो । उहाँले द्वन्द्वपीडितलाई सामाजिक न्याय दिन नसकिए शान्ति प्रक्रिया सफल भएको मान्न नसकिने विचार व्यक्त गर्नुभयो ।

यो ‘दिगो शान्ति ः राष्ट्र विकासको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ । मन्त्रालयद्वारा आजै पाँचथर, सिरहा, सिन्धुपाल्चोक, गोर्खा, कैलाली, बाँके र सुर्खेतलाई स्थानीय शान्ति समिति सम्मान प्रदान गरिँदैछ ।

प्रकाशित मिति : ५ आश्विन २०७३, बुधबार  ६ : ४४ बजे