२२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026

भूकम्पबाट क्षतिग्रस्त चैत्य भत्काउन सुरु



काठमाडौँ, ७ असोज । स्वयम्भूस्थित प्रतापपुर मन्दिरमा जोखिम बढेपछि भत्काउन सुरु गरिएको छ । पुरातत्व विभाग र स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको सहकार्यमा मन्दिर भत्काउन लागिएको हो ।

करिब चार वर्षअगाडि जीर्णोद्धार सम्पन्न गरिएको सो मन्दिरमा गत वर्ष वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछि परकम्पका कारण चिरा चिरा परी ठूलो क्षति भएको थियो । मन्दिर जोखिममा परेकाले सम्भावित मानवीय दुर्घटनाबाट जोगाउन भत्काउन लागिएको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो । सो मन्दिर भत्काउन रु २० लाख बजेट विनियोजन गरिएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि अध्ययन भइरहेको छ । त्यस क्षेत्रको मुख्य चैत्यको गोलाद्र्धका विभिन्न भागमा चिरा परेको छ भने त्रयोदश भुवनका चक्का भत्कने स्थितिमा पुगेका छन् ।

महासमितिका उपाध्यक्ष ज्ञानु लामाका अनुसार महाचैत्यआसपास क्षेत्रमा भत्किएका सम्पदा तथा पुजारीका घर भत्किएका थिए । महासमितिले विभिन्न माध्यमबाट सङ्कलन गरेको आर्थिक स्रोत खर्च गरी केही सम्पदा जीर्णोद्धारसमेत गरेको छ । रासस

प्रकाशित मिति : ७ आश्विन २०७३, शुक्रबार  ३ : ५२ बजे