बैतडी, ७ असोज । घरको छतबाट लडेर बिहीबार साँझ दार्चुलामा ४ वर्षीय बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा अपी नगरपालिका–११ का करनसिंह धामीका छोरा यादव धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो ।
बालक बिहीबार साँझ ६ बजेतिर आफ्नै दुईतले घरको छतमा खेलिरहेका बेला एक्कासि लडेको बताइएको छ । बालकको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारत रिफर गरिएको प्रहरीले जनाएको छ । रासस







