२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

विभिन्न आरोपमा तीन पक्राउ



जाजरकोट, ७ असोज । यहाँको भेरीमालिका नगरपालिका–१३ इमेचौरकी २६ वर्षीय कमला विकले बच्चा जन्माएर झाडीमा फालेको अवस्थामा फेला परेको छ ।

बिहीबार बिहान कमलाले बच्चा फालेको थाहा पाएपछि उहाँका ससुरा रामबहादुर विकले प्रहरीमा खबर गरेपछि प्रहरी चौकी कुदुले पक्राउ गरेको छ । झाडीमा बच्चाको मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यस्तै, जिल्लाको खगेनकोट–७ मा वन फँडानी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवबहादुर विक र जसुन्त चदारा रहेको जिल्ला वन कार्यालयले बताएको छ । इलाका प्रहरी कार्यालय दल्ली र इलाका वन कार्यालय दल्लीको संयुक्त पहलमा उनीहरुलाई पक्राउ गरिएको हो । रासस

प्रकाशित मिति : ७ आश्विन २०७३, शुक्रबार  ३ : ५४ बजे