काठमाडौं । सोलु काठमाडौं रिदुम मिन्ताम् नाछिरीङ समाज काठमाडौंको देउसी भैलोसँगै चौथो साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं चावहिल स्थित ए वान पार्टी प्यालेसमा नाछिरिङ समाजको देउसी भैलोसँगै चौथो साधारण सभा सम्पन्न भएको हो ।

चौथो साधारण सभा किराँत रदु नाछिरिङ साखाम केन्द्रका पूर्व अध्यक्ष नीरकुमार नाछिरिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । देउसी भैलो कार्यक्रममा प्रदेश नं. १ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, विशिष्ठ अतिथि प्रदेससभा सांसद उत्तमकुमार बस्नेत, जिल्ल समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार नाछिरिङ, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य पदमबहादुर नाछिरिङ, सोलदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना नाछिरिङको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा सोताङ गाउँपालिका अध्यक्ष वीरबहादुर नाछिरिङ, नेपाली काँग्रेस महासमिति सदस्य खिलाराज बस्नेत तथा किराँत रदु नाछिरिङ साखाम केन्द्रका महासचिव टेक नाछिरिङको उपस्थिति थियो । साथै विशिष्ठ अतिथि, अन्य अतिथिहरू, समाजका सदस्यहरु, नाछिरिङ समाजका शुभेच्छुक गैह्र नाछिरिङ मित्रहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भिमराज नाछिरिङले गरेका थिए । कार्यक्रम संचालन रिदुम मिन्ताम् नाछिरिङ समाजका हितैषी तथा शुभचिन्तक भरतकुमार बस्नेतले गरेका थिए ।











