७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

ट्रकले किच्दा रिक्सा चालकको मृत्यु



हेटौँडा, १० असोज । जनकपुरबाट पोखरातर्फ गइरहेको ना५ख १८१६ नंको बसले हेटौँडा–नारायणगढ सडकखण्डको मनहरीको ज्यामिरेमा एउटा रिक्सालाई ठक्कर दिँदा उक्त रिक्साका चालक उछिट्टिई भरतपुरबाट हेटौँडातर्फ आइरहेको ना५ख ७८०३ नंको ट्रकले किच्दा रिक्सा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृतक रिक्सा चालक मकवानपुर मनहरी गाविस–७ बस्ने ५५ वर्षीय काविराम केसी रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

यसैगरी उक्त रिक्सामा सवार मनहरी गाविस–७ बस्ने ५० वर्षीय कृष्णप्रसाद ढुङ्गाना गम्भीर घाइते भई थप उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको मनहरी इप्रकाले जनाएको छ ।

ठक्कर दिने बस र ट्रकलाई जिप्रका, मकवानपुरले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७३, सोमबार  १० : २२ बजे