अनाथ, असहाय वालवालिकाको सहयोगार्थ उदयपुरमा दशै तिहार रमाईलो मेला

0 Shares

ramailo-melaतुलसी प्रसाद कोईराला
उदयपुर ११ असोज । दशैं, तिहारलाई उत्सवमय बनाउदै अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ गाईघाटमा रमाईलो उत्सव सन्चालन हुदैछ ।
सराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतीका साथ सन्चालन हुने उत्सव असोज १३ देखि २२ गतेसम्म सन्चालन हुने आयोजक समितिका संयोजक सुरेश गुप्ताले बताए ।
उद्योग, ब्यापार, पर्यटन प्रवद्र्धन–धर्म, संस्कार, संस्कृतिको सम्बद्र्धन” “उदयपुरको पहिचान स्थापित गर्न होऔं सबै भेला–सफल पारौं दशैतिहार रमाईलो मेला” भन्ने नाराका साथ युवाहरुको पहलमा सन्चालन हुने उत्सवको हाल तयारी कार्य तिब्ररुपमा भईरहेको छ । हाल बेराघेरा, स्टलघर निर्माण, स्टेज निर्माण, बाल उद्यान, ५० फिट अग्लो शिव लिङ्गको निर्माण कार्य भईरहेको छ ।
गाईघाट बजारमा गाईले पानी पिउदै गरेको मुर्तीसमेत स्थापना गर्ने उद्देश्य रहेको उत्सवलाई राष्ट्रिय स्तरका लोकप्रिय तथा चर्चीत गायक, गायिका, हाँस्य कलाकारहरुले उल्लासमय बनाउने आयोजकले जनाएको छ । विभिन्न जातजातीको झाँकी तथा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने जनाईएको छ । साथै बाल उद्यान रमाईलो मेला, बाल हिंसा, बाल विवाह विरुद्धको सचेतना एवम् युवा जागरण गतिविधि, ख्यातीप्राप्त चिकित्सव सेवा, कृषिजन्य तथा दैनिक उपभोग्य बस्तुको खरिद विक्री लगायतका आकर्षण रहेको उत्सव भब्य, सभ्य र ब्यवस्थित बनाउन विभिन्न उपसमितिहरु सक्रियताका साथ खटिरहेको संयोजक गुप्ताले जानकारी दिए ।
पम्प्लेटिङ, माईकिङ तथा रेडियो पत्रपत्रिकामा ब्यापक प्रचारप्रसारको काम भईरहेको छ । युवाहरुको साझा पहलबाट उत्सवलाई भब्यरुपमा सम्पन्न गरी उदाहरणीय काममा अग्रसरता जनाउने संयोजक गुप्ताको भनाई रहेको छ । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार