२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

दुई पक्षबीच कुटाकुट हुँदा एकजनाको मृत्यु



इनरुवा, ११ असोज । सुनसरीको नरसिंह गाविसमा दुई पक्षबीच सोमबार साँझ विवाद हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अफरोज खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्थानीय ऐलानी जग्गामा घाँस काट्ने विषयलाई लिएर चर्केको विवाद कुटाकुटमा परिणत भएपछि खातुनको मृत्यु भएको स्थानीयले बताएका छन् । मृतक खातुनले स्थानीय सडक पेटीको जग्गामा घाँस काटेपछि विवाद उत्पन्न भएको र सोहीक्रममा उहाँको मृत्यु भएको हो ।

मृतक खातुनको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । घटनामा संलग्न भएको आरोपमा तीनजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नरसिंह–१ बस्ने सवरुन खातुन, अमुना खातुन र मुस्तका मियाँ रहेको प्रहरीले जनाएको छ । स्थानीयले घाँस काट्ने विषयमा झगडा भएको र सोही क्रममा आफरोजको मृत्यु भएको दाबी गरेका छन् भने प्रहरीले के कति कारणले मृत्यु भएको हो सो विषयमा अनुसन्धानबाट मात्र खुल्ने जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : ११ आश्विन २०७३, मंगलबार  ४ : ५४ बजे