३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

तामाङ कोअपरेशन सोसाइटी क्यालिफोर्नियाको अध्यक्षमा प्रेम लामा




क्यालिफोर्निया । तामाङ को–अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाको अध्यक्षमा प्रेम लामा निर्वाचित भएका छन् । सोसाईटीको चौथो महाधिवेशनबाट लामाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
महाधिवेशनले उपाध्यक्षमा रेणु योन्जन र बुद्धिमान तामाङ, महासचिवमा सुरज पाख्रिन, सचिवमा ज्ञानबहादुर लामा चयन गरेको छ । त्सयैगरी कोषाध्यक्षमा प्रतिमा लामा, सदस्यमा विजय लामा, सुकदेव तामाङ, रमा योन्जन, अमृत घिसिङ र पदम तामाङ सर्वसम्मत चयन भएका हुन् । सन् २००९ मा स्थापना गरिएको यो संस्था विशुद्ध सामाजिक संस्थाका रुपमा क्रियाशिल छ ।
क्यालिफोर्नियामा आयोजित महाधिवेशनको प्रमूख अतिथिका रुपमा शेर लामा थिए । महाधिवेशनको उद्घाटन सत्रमा विद्यासागर योन्जन, दिकी लामा र रत्तु लामाले शुभकामना मन्तव्य दिएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार  १२ : ३१ बजे