३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

एसईई परीक्षा चैत १० गतेदेखि (परीक्षा तालिकासहित)



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) आगामी चैत १० गतेदेखि शुरु गर्ने भएको छ । बुधबार बसेको बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि शुरु गर्ने निर्णय गरेको हो ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।
परीक्षा तालिका तल हेर्नुहोस ।

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार  ४ : २० बजे