कम्प्युटर जलेपछि रेडियोको प्रसारण सेवा अवरुद्ध

Facebook Debugger

डोल्पा, ११ असोज । डोल्पाको एकमात्र एफएम रेडियो ‘रेडियो डोल्पा १०१.४ मेघाहर्ज’को प्रसारण आजदेखि अवरुद्ध भएको छ ।

उच्च भोल्टेजका कारण रेडियोको तीन वटा कम्प्युटर जलेपछि प्रसारण सेवा अवरुद्ध भएको स्टेसन म्यानेजर टेक शाहीले बताउनुभयो ।

कम्प्युटर मर्मत गर्न जिल्ला बाहिर पठाउनुपर्ने भएकाले अवरुद्ध रेडियो सञ्चालनका लागि एक हप्ता लाग्ने भएको छ ।

रेडियो अवरुद्ध भएपछि समाचार प्रसारण गर्न नसकिएकामा रेडियोले क्षमा मागेको छ ।

आठ वर्षपछि दुई गाविस बत्ती बल्यो
आठ वर्षपछि पुनः बत्तीबलेपछि ग्रामीण भेगका दुई वटा गाविसका बासिन्दा खुशी भएका छन् ।

एक सय किलोवाट क्षमताको खाली छहरा जलविद्युत् आयोजनाले भदौ अन्तिम सातादेखि दुईवटै गाविसमा विद्युत् सेवा सुरु भएपछि पहाडा र लिकु गाविसका ८०० घरधुरीमा बत्ती बलेको हो ।

बत्ती बलेपछि विभिन्न विद्युतीय सामग्री प्रयोग गर्न पाइने भएपछि सबैजाना खुसी भएको स्थानीयवासी सरोज खत्रीले बताउनुभयो ।

आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायत विभिन्न सङ्घसंस्थाले आर्थिक सहयोग गरेको निर्माण समितिले जनाएको छ । यसबाहेक विभिन्न निकायले गरेको सहयोगसमेत गरेर रु सात करोड ५० लाखभन्दा बढी खर्च भइसकेको निर्माण समितिका अध्यक्ष भैरबहादुर शाहीले बताउनुभयो । रासस

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार