१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

यात्रुबाहक बसको ठक्करबाट वृद्धाको मृत्यु



विराटनगर, ११ असोज । मोरङमा आज बिहान यात्रबाहक बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
सुन्दरदुलारी–२ स्थित गणेशचोकमा भएको घटनामा सुनसरीको इटहरी– ३ बस्ने ८४ वर्षीया मनमाया ढकालको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
पाँचथरको फिदिमबाट धरानतर्फ जाँदै गरेको ना ४ ख ८२०२ नम्बरको बसले पैदल हिँडिरहेको उहाँलाई ठक्कर दिएको थियो ।
गम्भीर अवस्थामा उहाँलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । बससहित चालक प्रहरीको नियन्त्रणमा छ । रासस

प्रकाशित मिति : ११ आश्विन २०७३, मंगलबार  ८ : ५३ बजे