६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

मधुमल्लामा डुबेर वृद्धाको मृत्यु



मोरङ, १२ असोज । मोरङको मधुमल्ला–७ स्थित झारसादीमा पानीमा डुबेर गएराति एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मधुमल्ला–७ बस्ने ७३ वर्षीया रुपमायाँ दर्जी रहेकी छन् । राति साढे ८ बजेतिर उर्लाबारीबाट घरतर्फ फर्कने क्रममा स्थानीयवासी नरेश उप्रेतीको धानखेतको आलीबाट चिप्लिएर लड्दा पानीमा डुबेर दर्जीको मृत्यु भएको हो । स्थानीयवासीले उनलाई जमेको पानीमा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । रासस

प्रकाशित मिति : १२ आश्विन २०७३, बुधबार  ५ : ५८ बजे