१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

वृद्घ मृत फेला



बैतडी, १७ असोज । बैतडीको गिरेगाडामा एक वृद्घ मृत फेला परेका छन् ।

मृत भेटिनेमा गिरेगाडा–५ जबलकट्टेका ६५ वर्षीय जयबहादुर चन्द रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।

चन्दलाई स्थानीयले आइतबार घर नजिकै मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । वृद्घको के कति कारणले मृत्यु भयो भनेर खुल्न नसकेको प्रहरीले बताएको छ ।

प्रहरीको एक टोली घटनास्थलतर्फ गएको र प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । रासस

प्रकाशित मिति : १७ आश्विन २०७३, सोमबार  २ : ०३ बजे