ओखलढुंगा, १७ असोज । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आज सदरमुकाम ओखलढुंगामा बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञावलीको नेतृत्वमा होटल, किराना पसल र कपडा पसलको अनुगमन गरेको हो । अनुगमनमा म्याद गुज्रिएका केही अखाद्य वस्तु बरामद भएको कार्यालयले जनाएको छ ।
होटल तथा किराना पसल र कपडा पसलमा व्यापारीले मनपरि भाउ लिन थालेको गुनासो आएको लामो सयमपछि प्रशासनले बजार अनुगमन गरेको हो । राष्ट्रिय मानवअधिकार आयोगले मूल्यबृद्धि, कालाबजारी, बसमा मनपरि भाडा असुली गर्ने क्रम बढेको र उपभोक्ता अधिकार संकटमा परेको भन्दै केहि दिन पहिले अनुगमन गरेर बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएको थियो । उपभोक्ताले भने अनुगमन औपचारिकतामा सिमित रहेको र मूल्यबृद्धि तथा कालाबजारी भइरहेको गुनासो गर्दै आएका छन् ।
१७ आश्विन २०७३, सोमबार
0
Shares






