१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सञ्चारकर्मी घिमिरे पुरस्कृत



इलाम, १८ असोज । दलबहादुर स्मृति पत्रकारिता पुरस्कारबाट इलामका सञ्चारकर्मी गणेश घिमिरे पुरस्कृत हुनुभएको छ ।

स्व दलबहादुर बस्नेतको नाममा श्रीमती भगीरथा बस्नेतसहित छोरा गजेन्द्र, सन्तोष र महेश बस्नेतले स्थापना गर्नुभएको अक्षयकोषबाट प्राप्त नगद रु १० हजार र सम्मानपत्रबाट पत्रकार घिमिरे सोमबार पुरस्कृत हुनुभएको हो ।

जुनतारा सामाजिक विकास केन्द्रको पहलमा स्थापित रु एक लाखको अक्षयकोषबाट प्राप्त ब्याजले प्रत्येक वर्ष मेची अञ्चलमा रही सहकारीको क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णयबमोजिम पहिलो वर्ष घिमिरे पुरस्कृत हुनुभएको हो ।

घिमिरेलाई गैरसरकारी संस्था महासङ्घ इलामका अध्यक्ष मोहनसिंह थेवेले नगद रु १० हजार र सम्मानपत्र प्रदान गर्नुभयो । घिमिरे स्थानीय नेपालवाणी एफएमका समाचार सम्पादक हुनुहुन्छ । रासस

प्रकाशित मिति : १८ आश्विन २०७३, मंगलबार  २ : २५ बजे