चट्याङले एक बालकको मृत्यु

0 Shares

दमौली, १९, असोज । चट्याङ लागेर गए राति एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँ जामुने गाविस– ९ ठूलोछाप बस्ने रमाकान्त मिश्रका १३ वर्षीय छोरा सुशील मिश्र रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरभित्रै सुतिरहेका अवस्थामा एक्कासि चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । सँगैँ सुतेकी उनकी आमा ४० वर्षीय विष्णुमाया मिश्रसमेत चट्याङलागेर घाइते भएकी छन् ।

दमौली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि घाइते मिश्रलाई मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार