६ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025

रासस भक्तपुर सम्पर्क कार्यालय उद्घाटन, रासस समाचारको मुहान हो– रासस अध्यक्ष वाग्ले



भक्तपुर, १९ असोज । राष्ट्रिय समाचार समिति(रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले राज्यद्वारा सञ्चालित एकमात्र समाचार एजेन्सीका रुपमा रहेको रासस समाचारको मुहान भएको बताउनुभएको छ ।

आज रासस भक्तपु्र सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले देश तथा विदेशमा एकैपटक विभिन्न समाचार माध्यमलाई समाचार सम्प्रेषण गर्ने मूल स्रोतको रुपमा रहेको रासस समाचारको मुहान भएको बताउनुभएको हो ।

अध्यक्ष वाग्लेले भन्नुभयो–“राससले सरकारको मात्रै पक्षपोषण गरेर समाचार सम्प्रेषण गर्दैन, राज्यको योजना, नीति, विकास निर्माणका विषयवस्तु र सकारात्मक समाचारलाई प्रभावकारी ढङ्गले सम्प्रेषण गर्ने गर्दछ ।”

राससका समाचारलाई कतिपय सञ्चार माध्यमले रासस उल्लेख नगरी तथा समाचार तोडमोड गरेर सम्प्रेषण गर्ने गरेको पाइएको बताउँदै उहाँले यस्ता कतिपय विवादका विषयमा प्रेस काउन्सिलमा उजुरी परेको बताउनुभयो ।

समाचार र पत्रकारिताको अनुगमन प्रेस काउन्सिलले गर्ने भए पनि वास्तविक अनुगमन भने आमपाठक र जनताले गर्ने चर्चा गर्दै अध्यक्ष वाग्लेले भन्नुभयो–“जसरी तथ्यहिन समाचारले ठेस पु¥याउँछ, त्यसैगरी कर्मचारीको सानो गल्तीले पनि चोट पु¥याउँछ ।”

समाचार लेखाइ र विचारमा विविधता हुने तर मुख्य सन्देश भने एउटै हुनुपर्ने उहाँको भनाइ थियो । सरकार र जनप्रतिनिधिले गरेका काम र आम चासोका समाचारलाई राससले प्राथमिकता दिने उहाँले बताउनुभयो ।
कार्यक्रममा राससका महाप्रबन्धक निर्मला आचार्यले सबैको माया र सद्भावले भक्तपुरमा राससको सम्पर्क कार्यालय स्थापना गरिएको चर्चा गर्दै भक्तपुरमा राससको आफ्नै भवन निर्माण गर्न सबैको सहयोग जरुरी रहेको बताउनुभयो । भक्तपुरलाई हरेक क्षेत्रमा नमुना जिल्ला बनाउन राससको कार्यालयले सहयोग पु¥याउने बताउनुभयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले राससको कार्यालय भक्तपुरमा स्थापना हुनु गौरवको कुरा भएको चर्चा गर्दै उहाँले भन्नुभयो–“रासस आफँैमा इतिहास बोकेको संस्था हो, राससले आधिकारिक समाचार प्रवाह गर्ने भएकाले अन्य समाचार माध्यमका तुलनामा यो विश्वसनीय समाचार माध्यम हो ।”

स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले अहिलेको प्रतिस्पर्धाको युग भएकाले विभिन्न सञ्चार माध्यमबीचमा राससले प्रभावकारी रुपमा समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत यामप्रसाद अधिकारीले राससले विकास पत्रकारितामा जोड दिनुपर्ने औँल्याउनुभयो ।

नेपाली काँग्रेसका भक्तपुरका सभापति दुर्लभ थापाले भक्तपुरमा राससको भवन बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेकपा(एमाले)का भक्तपुरका उपाध्यक्ष बचन देउजाले रासस विश्वसनीय समाचार माध्यमको रुपमा स्थापित भएको बताउँदै यसलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

नेमकिपाका भक्तपुरका अध्यक्ष रमेश थापा श्रेष्ठले हरेक दृष्टिले भक्तपुरलाई नमुना जिल्ला बनाउन राससलगायतका समाचार माध्यमले प्रभावकारी भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्यले छिटो, छरितो र वास्तविक सूचना सम्प्रेषण गर्ने ‘न्यूज हव’का रुपमा रासस अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष कृष्ण अवालले भक्तपुर राजधानीसँगै जोडिएको भएपनि हरेक हिसाबले बत्तीमुनिको अध्यारो बनेको टिप्पणी गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष अमर भुजुले राससको कार्यालय स्थापनाले भक्तपुरका समाचारले अझै प्राथमिकता पाउने बताउनुभयो ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष पुष्कर बुढाथोकीले राससको कार्यालय स्थापनाले राससको मात्र नभई जिल्लामा काम गर्ने सबै पत्रकारको सम्पर्क गर्ने थलोको रुपमा विकास गर्नुपर्ने आँैल्याउनुभयो ।

प्रेस चौतारी नेपाल भक्तपुर अध्यक्ष सोम शर्मा (बजगाइँ)ले राससले समाचार छिटो र प्रभावकारी रुपमा सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो

त्यस अवसरमा रासस सम्पर्क कार्यालय स्थापना गर्न सहयोग गर्ने मध्यपुर थिमि नगरपालिका, अनन्तलिङ्गेश्वर नगरपालिका, सूर्यविनायक नगरपालिका, नगरकोट नगरपालिका, चाँगुनारायण नगरपालिकाका प्रतिनिधि, प्रहरी उपरीक्षक किरण बज्राचार्य, नागरिक अस्पतालका सञ्चालक श्रीभक्त कासिछ्वा र क्रियाशील पत्रकार मञ्चलाई सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७३, बुधबार  ११ : ०७ बजे