चितवन २० असोज । जिल्ला प्रहरी कार्यालयले ६१ औँ प्रहरी दिवसको अवसरमा १८ प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरेको छ ।
कार्यालयमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले पुरस्कार प्रदान गर्नुभएको हो ।
पुरस्कृत हुनुहुनेहरुमा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ, प्रहरी निरीक्षकद्वय रवीनबाबु रेग्मी र नीरञ्जन भट्टराई, नायब निरीक्षक देवराज शर्मा, एकबहादुर क्षेत्री, झलकबहादुर श्रेष्ठ, सहायक निरीक्षक पूर्णबहादुर बस्नेत, भानु चौधरी, टोपबहादुर खत्री, कल्पना खड्का, प्रहरी हवल्दार पुरुषोत्तम अधिकारी, तपनारायण महतो, होमनाथ बास्कोटा, देवबहादुर भुजेल, सोमबहादुर थिङ्ग र प्रहरी जवान शिवराज काफ्ले, पुस्कर धामी, रेशम श्रेष्ठ हुनुहुन्छ ।
कार्यक्रममा प्रहरीलाई सहयोग पु¥याउनुहुने स्थानीय उद्योगी समाजसेवी मीना खरेल, रामप्रसाद सुवेदी, विष्णुप्रसाद खराल, निर्देश सेडाईंलाई सम्मान गरिएको थियो । यसैगरी क्षेत्रीय कनिष्ठ प्रहरी अधिकृत शिक्षालयका प्रहरी हवल्दार टेकबहादुर गुरुङ र प्रहरी जवान सोमबहादुर तामाङलाई पनि सम्मान गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी सिंहले प्रहरी सङ्गठनले विकाससंगै सुरक्षा व्यवस्थालाई पनि अघि बढाउन विकासक्रममा देखिएका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभयो ।
क्षेत्रीय कनिष्ठ प्रहरी अधिकृत शिक्षालयका समादेशक नायब प्रहरी महानिरीक्षक रणबहादुर चन्दले प्रहरी सङ्गठनको मर्यादाभित्र रहेर जनताको सेवामा लाग्नु प्रहरी अधिकृत तथा जवानको कर्तव्य रहेको बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजन गौतम, पूर्व प्रहरी सङ्गठन चक्रबहादुर कार्की, सामुदायिक प्रहरी सेवा केन्द्र नारायणगढका अध्यक्ष मीना खरेल, अमर प्रहरी परिवार सङ्घका अध्यक्ष सरस्वती पौडेलले प्रहरीले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रमअघि नारायणगढको लायन्सचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्म सोभायात्रा गरिएको थियो ।






