२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

निर्वाचनसम्बन्धी विधेयकमा संशोधन हुनुपर्छ – पर्यवेक्षण समिति



काठमाडौँ, २० असोज । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले व्यवस्थापिका–संसद्मा प्रस्तुत भएका निर्वाचनसम्बन्धी विधेयकलाई संशोधन गरेर मात्र पेस गर्न आग्रह गरेको छ ।

समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा ती विधेयकमा ‘थ्रेसहोल्ड’को व्यवस्था नहुनु, केवल ५०० हस्ताक्षरबाट दल दर्ता गरिने व्यवस्था हुनु, निर्वाचनको तिथिमिति तोक्ने अधिकार निर्वाचन आयोगमा नहुनुजस्ता विषय आपत्तिजनक भएको जनाइएको छ ।

साथै, समितिले निर्वाचनको आधारशीलाका रुपमा रहेका निर्वाचनसम्बन्धी विधेयकमा गम्भीर बन्न सांसदलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७३, बिहिबार  ११ : १० बजे