३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

शल्यक्रियागरी सुत्केरी गराउनेको संख्यामा बृद्धि



गौशाला, २१ असोज । जिल्ला अस्पताल जलेश्वर महोतरीमा गरिने शल्यक्रियामध्ये एक चौथाइ हिस्सा प्रसूतिको हुने गरेको छ ।

नियमित जाँच नगराउने र निकै ढिलो गरी अस्पताल भर्ना हुँदा शल्यक्रिया बढी गर्नुपरेको चिकित्सकको भनाइ छ ।

विगत एक बर्षभित्र प्रसूतिका लागि अस्पताल आएका एक हजार ५९६ मध्ये एकसय ३८ जनाको शल्यक्रिया गरिएको छ । ती मध्ये निकै जटिल अवस्थाका ४६ महिलाको प्रसूति भएको सो अस्पतालले जनाएको छ ।

Sagarmatha

एक सय सुत्केरीमा पाँच प्रतिशतको मात्रै शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्ने विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण छ । तर यस अस्पतालमा एक चौथाइको शल्यक्रिया हुने गरेको छ ।
गाउँ गाउँमा स्वास्थ्य केन्द्र छ, प्रसूति गृह पनि थुप्रै छन्, समान्य सुत्केरी ती स्वास्थ्य संस्थामा नै बढी हुने गरेका छन्, हामीकहाँ जटिल अवस्थाका प्रसूति मात्रै आउने गरेकाले शल्यक्रिया गरी सुत्केरी गराएको घटना बढी देखिएका हुनसक्छ, जिल्ला अस्पताल जलेश्वरका डाक्टर सतिसकुमार साहले भन्नुभयो — यो अस्पतालमा मासिक एकसय जना सुत्केरीमा जटिल अवस्थाका करिब १५ जना हुन्छन् ।

सीमावर्ती भारतीय गाउँबाट पनि सुत्केरी गराउन यो अस्पतालमा आउने गरेका छन । मातृशिशु मुत्यु दर घटाउन जिल्ला स्वास्थ्य कार्यालय महोतरीले जिल्लाको रामगोपालपुर, बलवा, बर्दिवास, गौशाला, सम्सी, बथनाहा, लोहारपट्टि, एकडारा र पिपरामा प्रसूति केन्द्र सञ्चालन गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७३, शुक्रबार  ८ : ४० बजे