४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

नेपाल टेलिकमले ‘युटिलिटी पेमेन्ट’ मोबाइल सर्भिस शुरु गर्यो



काठमाडौं । नेपाल टेकिलमले ‘युटिलिटी पेमेन्ट सर्भिस’सहित मोबाइल मनी प्रविधि प्रयोग थाल्ने भएको छ । यसका लागि राष्ट्रिय वाणिज्य बैंकसँग समझदारी भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसंचार कम्पनी लिमिटेडबीच संयुक्त लगानीमा भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनी संचालन गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको हो । अब टेलिकम अन्तरगत एक सहायक कम्पनी खडा गरिनेछ । जसको पुँजी एक अर्ब बराबरको हुनेछ । केही समयमै यो कम्पनी नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘नो अब्जेक्सन लेटर लिए,’ राष्ट्र बैंबबाट आशयपत्र पास गरेर मात्र दर्ता हुने टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।
‘हाम्रो रिच नेटवर्क छ, करोडभन्दा बढी ग्राहक छन्, वाणिज्य बैंकको ठूलो ग्राहक छ, पुँजी पनि छ,’ अधिकारीले भने, ‘३० प्रतिशतभन्दा बढीमा बैंकिङ पहुँच नपुगेकनो अवस्थामा यो काम थालिएपछि एउटा ठूलो फड्को मारिन्छ ।’ यो सेवा थाल्ने सम्बन्धी सम्झौतापत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र प्रवन्ध निर्देशक अधिकारीले हस्ताक्षर गरे । यो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  २ : ०९ बजे