तिब्बती क्षेत्रको सगरमाथा आधारशिविरमा पनि आरोहीको घुँइचो

तिब्बती क्षेत्रमा पनि ‘फानी’को प्रभाव हेर्नुहोस ६ तस्वीर

Facebook Debugger

सोलुखुम्बु । सगरमाथाको उत्तरी मोहडा अर्थात तिब्बती क्षेत्रको आधारशिविरमा पनि आरोहीको घुँइचो लागेको छ । तिब्बती क्षेत्रबाट सगरमाथा चढ्नको लागि सबै आरोहीहरु आधारशिविरमा पुगेपछि चलपहल बढेको हो ।

भारतमा आएको ‘फानी’ले तिब्बती क्षेत्रमा पनि राम्रै असर पर्यो । ५ दिनसम्म बाक्लो हुस्सु र भारी हिमपात भएका कारण आरोहणमा गएका आरोहीहरु त्रिपालभन्दा बाहिर निस्कन सकेनन् । सोमबारबाट सुध्रिदै गएको मौसमका कारण आरोहीहरु उचाई पचाउनको लागि आधारशिविरबाट माथिल्लो शिविर उक्लदै तलमाथी गरिरहेको तिब्बती आधारशिविरमा रहेका ङिमानुरु शेर्पाले बताए । मौसम खुलेसँगै आरोहीहरु उचाईको वातावरणसँग घुलमिल हुन अभ्यास गरिरहेका छन् ।
हेर्नुहोस तिब्बती क्षेत्रको सगरमाथाको आधारशिविरको तस्वीरहरुः


तस्वीरः ङिमानुरु शेर्पा

Published On:  148पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार