सगरमाथाको आधारशिविरमा हिउँ पहिरो, मानविय क्षति भएन

Facebook Debugger

नाम्चे । सगरमाथाको आधारशिविरमा हिउँ पहिरो गएको छ । मंगलबार विहान नुप्से हिमालको पश्चिम साइडबाट आधारशिविरतर्फ हिउँ पहिरो झरेको हो ।

केहि दिन अघि प्रतिकुल भएको मौसम सुधार भएपछि एक्कासी हिउँ पहिरो गएको सगरमाथाको आधारशिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘आज विहानै मज्जाले घाम लागेकाले हामी घाम तापिरहेका थियौं, एक्कासी ठूलो आवाज आयो, यसो सगरमाथातिर हेर्दा नुप्सेफेसबाट हिउँपहिरो झरेको देख्यौं ।’ सम्पर्क अधिकृत श्रेष्ठले भने, ‘तर कुनै मानवीय क्षति भने भएन, त्यसमा हामी खुशी छौं ।’
भारतमा आएको ‘फानी’को प्रभावका कारण केहि दिनअघि प्रतिकुल भएको मौसमले सगरमाथाको माथिल्लो शिविर क्याम्प टू र थ्रीमा एक सयभन्दा बढि आरोहीका लागि टाँगिएका त्रिपाल उडाएको थियो । ठिक्क पारिएको त्रिपाल उडाउँदा लाखौंको क्षति भएको थियो । जसले गर्दा आरोहीहरुको हिमाल आरोहणको तालिका समेत केहि फेरबदल भएको श्रेष्ठले बताए ।

Published On:  181पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार