आफ्नै कीर्तिमान तोड्दै कामीरिता २४ औं पटक सगरमाथा शिखरमा

Facebook Debugger

सोलुखुम्बु । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले आज (मंलबार) बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधारशिविरबाट जानकारी दिए ।

गत साताको जेठ १ गते (बुधबार) उनले २३ औं पटक सगरमाथा आरोहण गरेका थिए । एकै सिजनमा उनले दुईपटक आरोहण गर्दै शेर्पाले सगरमाथा आरोहण २४ पटक र्पुयाएका हुन् । सेभेन समिट कम्पनीबाट आरोहण गरेका कामीरिताको लक्ष्य अर्को साल २५ औं पटक र्पुयाउने छ । उनले आफ्नै कीर्तिमान फेरि पनि तोडेका हुन् ।

Published On:  260पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार