८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

नालामा डुबेर युवकको मृत्यु



पर्सा, २७ असोज । तीन फिट गहिरो नालामा डुबेर गएराति वीरगन्जमा एक ३० वर्षीय युवकको मृत्यु भएको छ ।

अत्यधिक मदिरा सेवन गरेका वीरगन्ज उपमहानगरपालिका वडा नं ६ गणेशमान चोक निवासी ३० वर्षीय गोपाल शर्माको नालामा डुबेर मृत्यु भएको हो ।

वीरगन्जको महावीर मन्दिर नजिकैको तीन फिट गहिरो नालामा लडेका शर्मा अत्यधिक मदिरा सेवनका कारण बाहिर निस्किन नस्दा नालाको पानीमै डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक जीवलाल जुडालीले जानकारी दिनुभयो ।

नालामा डुबेरको शव बटुवाले देखेपछि आज बिहान प्रहरीलाई जानकारी भएको हो ।

Sagarmatha

मृतक शर्माको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले बताएको छ । रासस

प्रकाशित मिति : २७ आश्विन २०७३, बिहिबार  ७ : ०१ बजे