भिरबाट लडेर गर्भवतीको मृत्यु

Facebook Debugger

बैतडी, २७ असोज । भिरबाट लडेर दार्चुलाको धुलिगाडामा एक गर्भवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुलिगाडा–७ रैचुका करन ठगुन्नाकी २८ वर्षीया श्रीमती कमला ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

महिलाको घर नजिकै रहेको भिरमा खर काट्ने क्रममा बुधबार लडेर मृत्यु भएको हो ।

प्रहरीलाई ढिलो खबर गरेको र प्रहरी टोली घटनास्थलतर्फ गएको जिप्रकाले जनाएको छ । घटनास्थल जिल्ला सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । रासस

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार