२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सगरमाथा सरसफाइ अभियान सामाजिक चेतना जगाउने अभियान हो : उपप्रधानमन्त्री पोखरेल


बुद्धवीर बाहिङ

१३ जेष्ठ २०७६, सोमबार  

154
Shares

नाम्चे । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरलेले सगरमाथा सरसफाई अभियान सामाजिक चेतना जगाउने अभियान भएको बताएका छन् । सगरमाथा सरसफाफाई अभियानको समामन कार्यक्रममा प्रमुख अतितिको आसनबाट बोल्दै मन्त्री पोखरेलले सगरमाथा सरसफाइ अभियान हिमालको बारेमा चासो राख्नेहरुका लागि समेत भएको बताएका हुन् ।

‘यो अभियान सगरमाथा सरसफाई गर्ने मात्र होइन, सामाजिक चेतना जागाउने अभियान पनि हो ।’ मन्त्री पोखरेलले भने, ‘यो अभियान हिमालको बारेमा चासो राख्नेहरुका लागि पनि हो । विश्वको सर्वोच्च शिखर सगरमाथाको बारेमा जानकारी दिने अभियान हो ।’
सगरमाथा सरसफाईमा स्थानीयले देखाएको एकता र कामप्रतिको जवाफदेहिताले विश्वलाई सकारात्मक सन्देश दिएको पोखरेलले बताए । ‘सगरमाथा क्षेत्रमा भएका फोहोरको सरसफाई गर्न खुम्बुबासीले देखाएको एकता र प्रतिबद्धताले सिंगो नेपालको लागि उदाहरणीय काम हो ।’ उनले भने, ‘सगरमाथा सरसफाइ अभियानका क्षेत्रमा नेपाली सेनाले गरेको सहयोग अतुलनीय छ । नेपालको गौरवपूर्ण इतिहासलाई सुरक्षित, नयाँ पुस्तालाई जानकारी गराउने, गढि, किल्लाहरुको संरक्षण गर्ने नेपाली सेना योजनाबद्ध भएर लागेको छ ।’
आगामी दिनमा पनि सगरमाथा सफाई अभियानमा नेपाली सेनाले निरन्तर सहयोग गर्ने उपप्रधानमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, सोलुखुम्बु प्रतिनिधी सभाका सदस्य हेमकुमार राई ‘सुरवीर’, योगेश भट्टराई, प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सगरमाथाको प्रवेशद्धारमा नाम्चेमा सगरमाथा राष्ट्रिय निकुञ्जमा भएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  ५ : ५८ बजे