२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

किरात राई सोसाइटि अफ अमेरिकाको अध्यक्षमा रामकुमार राई


बुद्धवीर बाहिङ

१४ जेष्ठ २०७६, मंगलबार  

203
Shares

काठमाडौं । किरात राई सोसाइटि अफ अमेरिकाको अध्यक्षमा रामकुमार राई सर्वसम्मत निर्वाचित भएका छन् । किरात राई सोसाइटि अफ अमेरिकाको पाँचौँ माहाधिवेशनले अध्यक्ष राईसहिद १० सदस्यीय कार्यसमितिलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा खगेन्द्र राई (न्यूयोर्क), उपाध्यक्षमा प्रताप राई (न्यूयोर्क), महासचिवमा मार्कस राई (न्यूयोर्क), सचिवमा दिवस कोयु राई (कोलोराडो), कोषाध्यक्षमा राजन राई (न्यूयोर्क) र सहकोषाध्यक्षमा नीला राई (न्यूयोर्क) सर्वसम्मत निर्वाचित भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा भारती राई (न्यूयोर्क), सुमन नाछिरीङ राई (न्यूयोर्क) र यदिलीप राई (टेक्सस) पाँचौं महाधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका छन् । कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । अमेरिकामा रहेका किरात राईहरुको जातिय पहिचान, संस्कार, सँस्कृति, भेषभूषा र परम्परागत रितिरिवाजलाई भावी पुस्ताका लागि हस्तान्तरण गर्न समितिले काम गर्दै आएको छ । प्रवासि भूमीमै भए पनि आफ्नो परम्परागत मूल्य मान्यताहरुलाई जोगाइ राख्नका लागि सामूहिक कार्य गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  १२ : २४ बजे