काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेर स्वदेश फर्किएका पहिलो ओमानी महिला नादिरा अल हार्थिलाई ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुलि ढकालले भव्य स्वागत गरेका छन् । ओमानी पहिलो महिला सगरमाथा आरोही नादिरालाई मस्कट अन्तराष्ट्रिय विमानस्थलमा ओमानका नेपाली राजदूत पराजुलीले स्वागत गरेका हुन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी स्वदेश फर्किएकी नादिरालाई स्वागत गर्न पाउँदा अत्यन्तै खुशी लागेको राजदूत पराजुलीले बताए । सगरमाथा नेपालको मात्र नभएर विश्वको शीर भएको भन्दै ‘भिजिट नेपाल २०२०’ नेपाल घुम्न जान समेत राजदूत पराजुलीले आग्रह गरे ।

राजदूत पराजुलीले सगरमाथा आरोही नादिरालाई नेपाली ढाका टोपी र नेपाली ढाकाको खाष्टो ओढाएर विमानस्थलको विशिष्ठ कक्षमा सम्मान गरेका थिए । विमानस्थलमा नादिराको परिवारका साथै उपस्थित सबैलाई राजदूत पराजुलीले बधाई दिए । उनले एकपटक भए पनि नेपाल घुम्नका लागि ओमानी नागरिकहरुलाई आग्रह गरे ।

१४ जेष्ठ २०७६, मंगलबार
175
Shares








