तीन नेपाली कलाकार मलेसियामा पक्राउ

Facebook Debugger

काठमाडौं । मलेसियामा सांगीतिक कार्यक्रमका लागि गएका ३ नेपाली कलाकारलाई प्रहरीले पक्राउ गरेको छ । आयोजकले प्रक्रिया नपुर्याई कार्यक्रम आयोजना गरेकाले नेपाली कलाकारलाई पक्राउ गरिएको मलेसियन प्रहरीले बताएको छ ।

नेपाली गायक सुजन आङदेम्बे, सुनिता थेगिम र श्रेया राईलाई प्रक्रिया नपुर्याई सञ्चालन गरिएको कार्यक्रममा सहभागी भएको भन्दै प्रहरीले पक्राउ गरेको हो । नेपाली कलाकारको रिहाइका लागि मलेसियामा रहेका नेपालीहरु र राजदूतले पहल अगाडि बढाएको बताइएको छ ।
‘सांगीतिक कार्यक्रममा जानको लागि ठिक्क परेको थिए, तर कलाकारलाई प्रहरीले समात्यो भनेपछि अलमल्ल परे’ मलेसियामा रहेका धिरेन लिम्बुले भने, ‘कार्यक्रम हुने स्थानभन्दा ४० किलोमिटर मात्र टाढा थियौं, कलाकार समातिएकोमा दुःखित भएका छौं ।’
‘मलेसियामा जुनसुकै कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनलाई जानकारी गराउनु पर्छ, तर आयोजकले प्रशासनलाई जानकारी नगराई कार्यक्रम गरेकाले कलाकार समातिएको मलेसियामा रहेका धेरै नेपालीको आरोप छ ।

Published On:  976पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार