नेपाली चेली अस्मिता अमेरिकन सेनाको सेकेण्ड लेफ्टिनेन्टमा नियुक्त !

Facebook Debugger

न्यूयोर्क । अमेरिकामा नेपाली चेली अस्मिता गुरुङ अमेरिकन सैनिक संगठनको उच्च ओहदाको पद सेकेण्ड लेफ्टिनेन्ट पदमा नियुक्त भएकी छिन् । गण्डकी अञ्चलको स्याङ्जा जिल्ला फेदीखोला ४ टोर्केकी गुरुङ सेकेण्ड लेफ्टिनेन्ट पदमा नियुक्त भएकी हुन् ।


अस्मिताको बुबा आइबहादुर गुरुङ अवकासप्राप्त भारतीय सेना हुन् । वि.सं. २०४६ साल मंसिर २९ गते स्याङ्जामै जन्मिएकी उनले बाल्यकालमा आफ्नै गाउँबाट प्रारम्भिक शिक्षा हासिल गरेकी हुन् । पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली गरी, सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट प्लस २ उत्तिर्ण गरी अमेरिका गएकी थिइन् ।
अस्मिताले अमेरिकाको टेक्सास राज्यबाट ब्याचलर अफ साइन्स (नर्सिङ)मा स्नातक गरेकी छिन् । उनले विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा सपथ लिएकी हुन् । भविष्यमा सक्रिय ड्युटी नर्स कर्पोरेशनमा रहने उनको इच्छा छ ।

Published On:  295पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार