कप्तान कोहलीले क्रिकेटर स्मिथसँग किन मागे माफी ?

Facebook Debugger

एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथसँग माफी मागेका छन् । भारतीय समर्थकले स्मिथमाथि अभद्र व्यवाहार प्रस्तुत गरेको भन्दै कोहलीले माफी मागेका हुन् ।


आइतबार लन्डनस्थित ओभलमा भारत र अस्ट्रेलियाबीचको खेलका दौरान भारतीय समर्थकले स्मिथलाई ‘चिटर’ भनेर गाली गरेका थिए । भारतले ब्याटिङ गरिरहदा स्मिथ फिल्डिङका लागि बाउन्ड्री नजिक गएको बेला भारतीय समर्थक कराएका थिए । खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो ।
बल टेम्परिङ काण्डमा दोषी भएर एक वर्ष प्रतिबन्धमा परेपछि स्मिथले पहिलो पटक राष्ट्रिय टिमका लागि प्रतियोगिता खेलिरहेका छन् । ‘उनी आफ्नो देशका लागि खेलिरहेका छन् । उनी मैदानमा धेरै राम्रा खेलाडी हुन् । हामीसँग मैदान र मैदान बाहिर केहि कुरा हुन्छन् । तर त्यो कुरालाई सधैं लिएर बस्नु हुन्न,’ कोहलीले भने, ‘यदि कसैले माफी माग्छ र गल्ती स्विकार गर्छ । अनि फेरि खेलमा फर्कन्छ । तर पनि गाली खान्छ भने त्यो राम्रो होइन । त्यसैले भारतीय समर्थकले यस्तो गर्नु हुन्न । म भारतीय समर्थकको तर्फबाट माफी माग्न चाहान्छु ।’

Published On:  239पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार