प्रधानमन्त्री ओलीले भने, ‘भूतपूर्व गोर्खा सैनिकहरुको मागबारे ध्यान दिनुस’

Facebook Debugger

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले भूतपूर्व गोर्खा सैनिकहरुको मागबारे ध्यान दिन आग्रह गरेका छन् । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेलायतका प्रधानमन्त्री टेरेसा मेसँग भेटवार्ताको क्रममा लामो समयदेखि भूतपूर्व गोर्खा सैनिकहरुको मागबारे पुनः ध्यानाकर्षण गराएका हुन् ।


जवाफमा बेलायती प्रधानमन्त्री मेले आफ्ना उत्तराधिकारीलाई यसबारे जानकारी गराउने बताएकी छिन् । भूतपूर्व गोर्खा सैनिकको मागलाई अझै १०÷१५ वर्ष लम्ब्याउन सकियो भने उनीहरुको माग आफै सकिने बेलायती शासकको बुझाई छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार वार्तामा यसपटक प्रविधि हस्तान्तरण र लगानीका क्षेत्रमा सहयोगमा जोड दिइएको बताए । मंगलबार बिहान ओलीले ब्रिटिश राजकुमार ह्यारीसँग भेट गरे । भेटघाटमा उनले नेपालमा भूकम्पपछि सन् २०१६ मा पुनर्निर्माणको काममा सघाएकोमा राजकुमार ह्यारीको प्रशंसा गरेका थिए । त्यसपछि टेन डाउनिंग स्ट्रिट पुगेका ओलीले ब्रिटिश प्रधानमन्त्री मेसँग भेटघाट गर्दै छोटो कुराकानी गरेका थिए ।
मंगलबार नै दिउँसो प्रधानमन्त्री ओलीले ब्रिटिश संसदमा गएर अल पार्टी पार्लियामेंटरी ग्रुप अन नेपालका सदस्यहरुसँग भेट गरेका थिए । त्यसपछि उनले मध्य लन्डनस्थित बीबीसीको मुख्यालय पुगेर प्रत्यक्ष अन्तर्वार्ता दिएका थिए । यसअघि मंगलबार बिहान उनले लन्डनस्थित नेपाली दूतावासमा भूतपूर्व गोर्खा सैनिक अगुवाहरु, एनआरएन अगुवाहरु, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स,नेप्लिज डेमोक्र्या्तिक फोरम युके, रोयल बोटेनिक गार्डेन एडिनबराका प्रतिनिधिहरुलाई छुट्टाछुट्टै भेटेका थिए ।

Published On:  153पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार